टेलिभिजन होस्ट आदित्य नारायण पछि भारतीय गायिका नेहा कक्करको नाम गायक रोहन प्रीत सिंहसँग जोडिएको छ । पछिल्ला केही वर्ष यता निकै चर्चामा रहेकी गायिका कक्करको सम्बन्धको बारेमा मात्र चर्चा चलेको होइन उनको बिहेको चर्चा नै चलेको छ । उनले रोहनसँग २४ अक्टोबरमा विवाह गर्न लागेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरिरहेका छन् । यसबारे नेहाले कुनै प्रतिकृया भने दिएकी छैनन् ।
रोहन मुझ्से शादी करोगे नामक शोका प्रतिस्पर्धी समेत रहेका थिए । इन्डियन आइडलकी जज समेत रहेकी नेहाको विवाहको चर्चा यस अघि होस्ट आदित्यसँग विवाह हुन लागेको हल्ला फैलिएको थियो । आदित्य र नेहाको जोडीलाई खुब रुचाइएको थियो। शोमै अभिभावक बोलाएर बिहे गरिदिने समेत भनियो ।
यसै गरी रोहनसँगको विवाहको हल्ला पनि झुटो भएको भनि नेहा निकट केहीले बताएका छन् । तर यी दुईको सम्बन्धको बारेमा जोड दिने गरी रोहनले सामाजिक सञ्जालमा तस्बिर समेत सार्वजनिक गरेका छन् । उनले नेहासँगको तस्बिर सेयर गर्दै भगवानलाई लाख धन्यवाद भनेका छन् । नेहा र रोहनको पहिलो भेट नेहाको गीत ‘आजा चल व्याह करवाएं, लकडाउनबिच कत्त होने खर्चे’ को सेटमा भएको थियो ।





























प्रतिक्रिया