संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणको ‘ग्राफ’ फेरि उकालो लाग्न थालेको छ।
‘द न्यूयोर्क टाइम्स’ ले कोरोना महामारी सम्बन्धी संकलन गरेको तथ्यांकका अनुसार अगस्ट ७ मा अमेरिकामा कोरोना संक्रमणको साप्ताहिक औसत १ लाख ८ हजार ५ सय १३ रहेको थियो। जुनको अन्त्यसम्म घट्दै गएको कोरोना संक्रमण जुलाईको सुरुवातदेखि फेरि बढ्न थालेको थियो।
सन् २०२० को मार्चमा कोरोना संक्रमण उकालो लाग्न सुरु भएको अमेरिकामा सन् २०२१ को जनवरीमा उच्च विन्दुमा पुग्यो। जनवरी ८ मा ३ लाख ७ सय ७७ पुगेपछि संक्रमण दर ओरालो लाग्न थालेको थियो।
त्यसयता अमेरिकाले आफ्नो आधाभन्दा बढी जनसंख्यालाई कोभिड–१९ विरुद्धको खोप दिइसकेको छ। यद्यपि, पछिल्लो समय आतंक मच्चाएको ‘डेल्टा’ भेरियन्टका कारण संक्रमण बढेको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन्।































प्रतिक्रिया