अफगानिस्तानमा एक सम्पादकको हत्या

अफगानिस्तानमा एक सम्पादकको हत्या

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानको पाकटिया घाग रेडियो स्टेशनका प्रधान सम्पादक टोफान ओमारीको आइतबार काबुलको देह सब्ज जिल्लामा हत्या गरिएको स्थानीय प्रशासनले जनाएको छ । 

उनलाई अफगान लालिवान समूहले हत्या गरेको हुन सक्ने प्रशासनले जनाएको छ । यद्यपि, ओमारीको मृत्युको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन । यसैगरी उनीहरूले युद्धग्रस्त अफगानिस्तानको हेलमन्ड प्रान्तमा एक टेलिभिजन पत्रकारलाई बन्धक बनाएर लगेको बताइएको छ । 

अफगानिस्तानको खानमा प्रेसले बताएअनुसार स्थानीय बुस्ट रेडियो स्टेशनका प्रधान सम्पादक तथा खोस्ट प्रान्तमा अवस्थित गारगाख्ट टिभी च्यानलका संवाददाता नियाम तुल्लाह हेमतलाई हेलमन्ड प्रान्तको नावा जिल्लामा तालिबान लडाकुहरूले बन्दी बनाएर लगेका थिए ।

ओमारी अफगानको राजधानी काबुलको बाग्राम जिल्लाको न्यायिक तथा न्याय केन्द्रका वकिल पनि रहेको बताइएको छ । 

खानमा प्रेसले बताएअनुसार अफगानिस्तानमा ओपन सञ्चारका लागि आवाज उठाउँदै आएको नाइ नामक संस्थाका प्रान्तीय प्रमुख अबुल सामी घारतमालले हेमातलाई सोमबार नावा जिल्लाको आफ्नो घरबाट बाहिर लगिएको बताए ।

घारतमालले अफगानिस्तानमा सञ्चारकर्मीहरुसँग गरेको वाचा पालना गर्न र पत्रकारलाई जतिसक्दो चाँडो रिहा गर्न तालिवानलाई आग्रह गरे । तालिवान समूहले पछिल्ला दिनहरूमा हेलमन्ड प्रान्तका सबै जिल्लाहरूलाई नियन्त्रण गरेको छ भने प्रान्तीय राजधानी लश्करगाहमा अफगान राष्ट्रिय सैनिक तथा सुरक्षा बलसँग लडिरहेको छ । 

Logo