ट्रम्पले मागे बाइडनको राजीनामा

ट्रम्पले मागे बाइडनको राजीनामा

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानको विषयलाई लिएर चौतर्फी आलोचना खेपिरहेका बेला अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडनको राजीनामा मागेका छन् । 

ट्रम्पले उक्त घटनालाई लिएर राष्ट्रपति बाइडेनको कडा आलोचना गरेका छन् । ट्रम्पले भनेका छन्, ‘अफगानिस्तानमा गरेको अपमानका लागि उनले राजीनामा दिनुपर्छ ।’ 

ट्रम्पले यदि आफू राष्ट्रपति भएको भए अफगानिस्तानबाट अमेरिका फिर्ता ‘निकै अलग र निकै सफलतापूर्वक’ हुने समेत बताएका छन् ।

यसैबीच, बाइडेन प्रशासनले ट्रम्पलाई जवाफ फर्काउँदै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुने निर्णय ट्रम्पकै पालामा भएको स्मरण गराएको छ । 

यद्यपि अमेरिकी सेना फिर्ताको स्पष्ट जानकारी भने बाइडेनले सत्ता सम्हालेपछि सार्वजनिक भएको थियो । अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुनासाथ तालिबानले अफगानिस्तान कब्जा गर्ने क्रमलाई तीव्रता दिएको थियो । 

Logo