अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको विस्फोट पछि स्वास्थ्य सुविधामा कमी आएको समाचारहरू प्रकाशित भइरहेका छन् । यसबीच तालिबानले महिला स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन आग्रह गरेको छ ।
तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘इस्लामिक ईमिरेट्सको स्वास्थ्य मन्त्रालयले सबै महिला कर्मचारीलाई केन्द्र र प्रान्तमा नियमितरुपमा आफ्नो काममा फर्कन भनेको छ । इस्लामिक ईमिरेट्सको तर्फबाट उनीहरूको काममा कुनै बाधा हुनेछैन ।’
अफगानिस्तानमा तालिबानको पुनरागमनपछि महिलाहरू काममा फर्कन पाउने छन् या छैनन् भन्ने विषयमा अन्योल रहेको छ । तालिबान नेताहरूले पनि महिलाहरू काम गर्न दिने बारे बयान दिँदै आएका छन् । तर, अहिलेसम्म उनीहरूको स्पष्ट नीति बाहिर आइनसकेकाे बिबिसीले जनाएकाे छ ।





























प्रतिक्रिया