अमेरिकी सेनाद्वारा १७ दिनमा १ लाख २० हजारकाे उद्धार

अमेरिकी सेनाद्वारा १७ दिनमा १ लाख २० हजारकाे उद्धार

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानमा उद्धार अभियान अन्तर्गतसुरक्षा खतरा रहेका अफगानी नागरिक, अमेरिकी तथा अन्य विदेशी सैनिक, कूटनितिज्ञलगायत गरी १७ दिनभित्रमा कूल एक लाख २० हजारभन्दा बढी व्यक्तिलाई उद्धार गरिएको अमेरिकी राष्ट्रपति जो वाइडेनले बताएका छन् ।

सोमबार अफगानिस्तानबाट २० वर्षे अमेरिकी सैनिक उपस्थिति समाप्त भएपछि सञ्चारकर्मीसँगको प्रतिक्रियामा राष्ट्रपति वाइडेनले उक्त कुरा बताएका हुन् । तालिवान समूह र अमेरिकाबीच कतारमा भएको सम्झौता अनुरूप अमेरिकाले अगस्ट ३१ भित्र नै अफगानिस्तान छोड्ने बताएको थियो । 

उनले भने, ‘विगत १७ दिनदेखि हाम्रो फौजले अमेरिकी इतिहासमा सबैभन्दा ठूलो हवाई उद्धार कार्य सम्पन्न गरेको छ, यो अवधिमा कूल एक लाख २० हजारभन्दा बढी अमेरिकी, हाम्रा सहयोगी राष्ट्रका नागरिक तथा अफगानिस्तान मिसनमा सघाउँदै आएका सहयोगीहरूलाई उद्धार गरेको देखिएको छ, अमेरिकी सैनिकले बेजोड साहस, व्यावसायिकता र कटिबद्धताका साथ यो कार्य सम्पन्न गरेका छन् ।’ 

अमेरिकी सैनिक परिचालन को २० वर्षपछि सोमबार पेन्टागनले पनि अफगानिस्तानबाट अमेरिकी फौज निकाल्ने काम पूरा भएको घोषणा गरेको थियो । ‘म अफगानिस्तानबाट अमेरिकी फौज निकाल्ने र अमेरिकी नागरिक र अफगानीहरूलाई निकाल्ने सैन्य मिशनको अन्त्यको घोषणा गर्दछु,’ अमेरिकी जनरल केनेथ एफ म्याककेन्जीले भने । 

अमेरिकी राष्ट्रपतिले तालिबानले आगामी सुरक्षित मार्गबारे प्रतिबद्धताहरू गरेका छन् र विश्वले उनीहरूलाई आफ्ना प्रतिबद्धताहरू पूरा गर्न सम्झाइरहने छ ।

Skip This
Skip This
Logo