मलेशियामा आमाहरूको एक समूहले बिहीबार एउटा ऐतिहासिक कानूनी लडाइँ जितेको छ ।
उक्त समूह विदेशमा बच्चा जन्माउने महिलाहरूलाई प्रभावित पार्ने गरी लागू गरिएको भेदभावपूर्ण नागरिकतासम्बन्धी नियमलाई उल्ट्याउन सफल भएको छ।
उक्त नियमले विदेशी पतिबाट जन्मिएका बच्चाहरूले स्वतः नागरिकता प्राप्त गर्न सक्ने प्रावधानलाई कटौती गरेको र उक्त नियम भेदभावकारी रहेको आमा समूहले दाबी गरेको थियो ।
उनीहरूको तर्क थियो “यस्तो प्रतिबन्ध दक्षिण पूर्वी एसियाली देशका पुरुषहरुका निम्ति भने आकर्षित छैन । यो नियम रुढीवादी विचारले ग्रसित भएको र मलेसियाको संवैधानिक भावना विपरीत रहेको समेत उनीहरूले दाबी गरेका थिए । बिहीबार क्वालालम्पुरको उच्च अदालतले भने उक्त मुद्दामा आमा समूहको पक्षमा फैसला गरेको छ," एनजीओ परिवार सीमानाका अध्यक्ष सुरी केम्पेले भनिन्, “यो फैसलाले मलेसियाली लैङ्गिक समानतालाई मान्यता दिएको छ जो समानतावादी र न्यायोचित छ ।"
यो फैसला सबै मलेशियाली आमाहरूमा लागू हुन्छ मुद्दाका पक्ष विपक्षमा मात्र होइन, केम्पेले थप पुष्टि गरिन् । तर सरकारको तर्फबाट भने यस विषयमा कुनै प्रतिक्रिया आएको छैन।रासस\ एएफपी





























प्रतिक्रिया