आज सेप्टेम्बर १९। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ, इतिहासमा आज भएका केही संक्षितप्त घटनाः
तेल भण्डारण केन्द्रमा बिस्फोट
सन् २०१० गल्फ अफ मेक्सिकोको एउटा तेल भण्डारण केन्द्रमा ठूलो विस्फोट भएको थियो। कच्चा तेल भण्डारण केन्द्रमा भएको सो बिस्फोटमा ११ जनाको मृत्यु हुनुका साथै दर्जनौ घाइते भएका थिए। बिस्फोटअघि सो केन्द्रबाट पाँच महिनादेखि तेल चुहिएको थियो। सन् २०१० को सेप्टेम्बर १९ मा सो केन्द्र सील गरिएको थियो।
थाइल्यान्डमा 'कु'
सन् २००६ मा थाइलेन्डको सेनाले जननिर्वाचित सरकार कु गरेको थियो। थाइलेन्डका तत्कालिन जनरल सन्थी बुनयारटग्लिनप्रति भक्त सेनाले जननिर्वाचित प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई बर्खास्त गरि संसद र संविधान विघटन गरेको थियो।
कार्ल १६औं स्वीडेनको राजा
सन् १९७३ मा कार्ल १६औं गुस्ताफ आफ्ना हजुरबुबा गुस्ताफ छैंटौं एडोल्फको उत्तराधिकारी घोषित भएका थिए। सन् १८० मा स्वीडेनमा राजउत्तराधिकारीसम्बन्धी कानुन संशोधन भएको थियो। जसअनुसार महिला वा पुरुष जो भए पनि राजपरिवारको पहिलो सन्तान राजउत्तराधिकारी हुन सक्छन्। स्वीडेन संवैधानिक राजतन्त्रामक देश हो।
मस्को युद्धविराम
सन् १९४४ मा सोभियत युनियन, वेलायत र फिनल्यान्डबीच एतिहासिक शान्ति सम्झौता भएको थियो। सम्झौतापछि सोभियत युनियन र फिनल्यान्डबीचको तीन वर्ष लामो युद्ध समाप्त भएको थियो। यी दुई देशबीच सन् १९४१ देखि सन् १९४४ सम्म युद्ध भएको थियो।
व्रिटीशबाट स्वतन्त्र
सन् १९८३ मा सेन्ट किट्स एन्ड नेभिसले ब्रिटीशबाट स्वतन्त्रता पाएको थियो।न्युज कारखाना





























प्रतिक्रिया