किशोरीहरू आफ्ना लागि विद्यालय खुला गर्न सङ्घर्ष गर्नुपर्छ : अफगान अधिकारकर्मी

किशोरीहरू आफ्ना लागि विद्यालय खुला गर्न सङ्घर्ष गर्नुपर्छ : अफगान अधिकारकर्मी

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानका पूर्व सरकारी शान्ति वार्ता प्रतिनिधि मण्डलका सदस्य तथा महिला अधिकारकर्मी फवजिया कोफिले अफगानिस्तानका किशोरीहरूले आफ्नो विद्यालय जान पाउने अधिकारका लागि पुनः सङ्घर्ष गर्नुपर्ने बताएका छन् ।

अफगान खामा प्रेस न्युज एजेन्सीका अनुसार किशोरीहरूले पढ्न पाउने अधिकारको प्रत्याभूत गराउन किशोरीहरूले सङ्घर्ष जारी राख्नु पर्ने र यसमा उनीहरूका शिक्षकले पनि साथ दिनुपर्नेमा उनले जोड दिएको छ । 

उनले थपे, “तालिबानले महिला अधिकारको संरक्षण गर्ने प्रतिज्ञा गरेको थियो तर उक्त समूहले आफ्ना प्रतिज्ञाहरू पूरा गरिरहेको देखिएको छैन ।”

यसैबीच संयुक्त राष्ट्र संघीय बाल कोष (युनिसेफ)ले अफगानिस्तानमा शनिबारदेखि विद्यालय पुनः सञ्चालन गर्ने कदमको स्वागत गरेको छ तर त्यसमा किशोरीहरू छुट्न नहुनेमा जोड दिएको छ । 

“हामी निकै चिन्तित छौं,” युनिसेफकी प्रमुख हेन्रिता फोरले शुक्रबारको एक वक्तव्यमा भन्नुभयो । धेरै केटीहरूलाई यस समयमा फेरि अनुमति नहुन सक्छ ।” 

फोरले भन्नुभयो, “युनिसेफले पूरानो र नयाँ सबै राजनीतिक नेतृत्वसँग बालबालिकाको शिक्षाको अधिकारका दवाव जारी राख्नेछ जसबाट सबैले अफगान भूमिमा शान्तिपूर्णरूपले प्रगतिपथमा लम्कन मौका पाउन सकून् ।” 

Skip This
Skip This
Logo