जापानको १०० औँ प्रधानमन्त्रीका रूपमा सत्तारुढ दल लिवरल डेमोक्रेटिक दल (एलडीपी)का अध्यक्ष फुमिओ किशिदा प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
किशिदा बुधवार सम्पन्न सत्ताधारी एलडिपीको अध्यक्षमा विजयी भएका थिए । उनी सोमबार बोलाइएको तल्लो सदनको विशेष अधिवेशनमा आधिकारिक रूपमा जापानको प्रधानमन्त्री बनेका हुन् ।
पार्टी अध्यक्ष नै प्रधानमन्त्री बन्ने नियमानुसार उनी प्रधानमन्त्री बनेका हुन् ।





























प्रतिक्रिया