अर्मेनिया र अजरबैजानबीच सीमा क्षेत्रमा पुनः तनाव सुरु भएको छ । वर्षौपछि अर्मेनिया र जरबैजानबीच विवादास्पद क्षेत्रलाई लिएर भिडन्त भएको हो ।
आइतबार भएको भिडन्तमा कम्तीमा २३ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । क्यास्पियन सागरबाट तेल विश्व बजारमा ल्याउने महत्वपूर्ण करिडोर रहेको सीमा क्षेत्रमा भिडन्त भएको हो । टर्कीका राष्ट्रपति रिसेप तैयम एर्डोगानले अजरबैजानलाई आफ्नो समर्थन रहेको बताएका छन् ।
रुस लामो समयदेखि अर्मेनियाको साथमा रहँदै आएको छ भने रुसले तत्काल युद्धविरामका लागि पहल गर्नु पर्ने बताएको छ ।
पूर्व सोभियत युनियनका दुई देशबीच नागोर्नो–काराबाख क्षेत्रलाई लिएर भिडन्त भएको हो । सो क्षेत्र अन्तर्राष्ट्रिय रुपमा अजरबैजानको भनि मान्यता प्राप्त छ । तर त्यहाँ आदिबासी अर्मेनियनको कब्जा छ । सन् १९९० को दशकको सुरुमा भएको सीमा भिडन्तमा दशौँ हजार मानिसको ज्यान गएको थियो ।





























प्रतिक्रिया