विश्वमा आजः बेलुनमा उडेर आन्द्र महासागर पारदेखि आवाजभन्दा चाँडो उड्ने पहिलो चालकसम्म

विश्वमा आजः बेलुनमा उडेर आन्द्र महासागर पारदेखि आवाजभन्दा चाँडो उड्ने पहिलो चालकसम्म


आज १४अक्टोबर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ आज भएका केही महत्वर्पूण घटनाः

इजरेल र प्यालेस्टिनी नेतालाई नोबेल शान्ति पुरस्कार 

सन् १९९४ मा नर्वेको नोबेल कमिटीले इजरेलका दुई जना र एक प्यालेस्टिनीलाई संयुक्तरुपमा नोबेल पुरस्कार प्रदान गरेको थियो। इजरेली प्रधानमन्त्री इत्ज्याक रबिन र विदेश मन्त्री सिमोन पेरेज तथा प्यालेस्टिनी नेता यासेर अराफातलाई संयुक्त रूपमा सो पुरस्कार प्रदान गरिएको थियो। इजरेल र प्यालेस्टेनबीचको युद्ध अन्त्य गर्न उनीहरुले गरेको पहलस्वरुप सो पुरस्कार प्रदान गरिएको थियो। 

बेलुनमा उडेर आन्द्र महासागर 

सन् १८९४ मा अमेरिकी वायु सेनाका सदस्य जोसेप किटिंगर बेलुनमा उडेर आन्द्र महासागरको यात्रा सुरु गरेका थिए। चार दिनपछि उनी आन्द्र महासागर पार गरेका थिए। उनी चढेको बेलुनलाई ‘बेलुन अफ पिस’ नाम दिइएको छ। 

आवाजभन्दा चाँडो उड्ने पहिलो चालक

सन् १९४७ मा अमेरिकी वायु फौज चालक चुक यिगरले ४५ हजार फिटको उचाइमा बेल एक्स–१ विमान तीब्र गतिमा उडाएका थिए। उनको विमान आवाजभन्दा चाँडो उडेको थियो।

खानी दुर्घटनामा ४४० बेलायतीको मृत्यु

सन् १९१३ मा बेलायतको वेल्सस्ति सेंगहेनयादमा एउटा खानीभित्र बिस्फोट हुँदा ४४० बेलायतीको मृत्यु भएको थियो। सो बिस्फोट बेलायतको इतिहासमै डरलाग्दा दुर्घटनाहरूमध्येको एक हो।

Logo