उत्तर चीनको रासायनिक भट्टी विष्फोटः ४ जनाको मृत्यु, ३ घाइते

उत्तर चीनको रासायनिक भट्टी विष्फोटः ४ जनाको मृत्यु, ३ घाइते

केन्द्रबिन्दु
0
Shares

उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा रासायनिक कारखानामा शुक्रबार बेलुका विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

उक्त विष्फोट राति ११ बजे भएको थियो। अल्क्सा लीग (प्रिफेक्चर) को बायन ओबो औद्योगिक पार्कमा रहेको रासायनिक प्लान्टको कार्यशालामा शुक्रबार लागेको आगो शनिबार बिहानै निभाइएको छ।

फर्मका कानुनी प्रतिनिधिलाई स्थानीय सार्वजनिक सुरक्षा अधिकारीहरूले नियन्त्रणमा लिएका छन्  भने कम्पनीले उत्पादन रोकेको छ।
  
 दुर्घटनाको कारण पत्ता लगाउन क्षेत्रीय सरकारले छानबिन टोली गठन गरेको छ।

Skip This
Skip This
Logo