कोप–२६ सम्मेलनः चीन र रसियाका राष्ट्रपति सहभागी नहुने

कोप–२६ सम्मेलनः चीन र रसियाका राष्ट्रपति सहभागी नहुने

केन्द्रबिन्दु
0
Shares

आगामी आइतबार बेलायतको ग्लासगो सहरमा आयोजना हुने जलवायुसम्बन्धी कोप २६ सम्मेलनमा चीनका राष्ट्रपति सी जिनपिङ सहभागी नहुने सम्भावना बढेको छ। 

सम्मेलनमा राष्ट्रपति सीको सहभागीताबारे चीनले आधिकारिकरुपमा अहिलेसम्म जानकारी दिएको छैन। सम्मेलनमा चीनले वातावरण उपमन्त्री झाओ यिङमिन र जलवायु दूत सिइ झेनहुवलाई पठाउन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। 

यसअघि क्रेमलिनले रसियाली राष्ट्रपति भ्लादमिर पुटिन राष्ट्रसंघको जलवायु सम्मेलनमा सहभागी नहुने जनाएको थियो। 

तर, चिनियाँ राष्ट्रपति भर्चुवल माध्यमबाट सम्मेलनमा सहभागी हुन सक्ने जनाइएको छ। गत महिना पनि राष्ट्रपति सीले राष्ट्रसंघको महासभालाई भर्चुल माध्यमबाट सम्बोधन गरेका थिए। उनले अप्रिलमा वातवरणसम्बन्धी एउटा सम्मेलनलाई पनि सम्बोधन गरेका थिए। 

यसअघि सम्मेलनमा नजाने संकेत गरेका अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन भने सहभागी हुने भएका छन्।एजेन्सी

Skip This
Logo