भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले ५ अर्ब डोज कोभिड खोप विकास गर्ने दाबी गरेका छन्।
इटालीको राजधानी रोममा औधोगिक देशहरुको समूह जी २० सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीले आगामी वर्षको अन्त्य सम्ममा भारतले ५ अर्ब डोज खोप विकास गर्ने दाबी गरे। भारतले विकास गरेको खोपले विश्वलाई महामारीविरुद्ध लड्न सहयोग गर्ने उनको भनाइ छ।
विश्वमा अझै पनि कोभिड खोपको अभावमा धेरै मानिसहरुको मृत्यु भइरहेको छ। अफ्रिकाका आधाभन्दा बढी मानिसमा खोपको पहुँच छैन।
सो अवसरमा प्रधानमन्त्री मोदीले भारतलाई आर्थिकरूपमा पुनर्जिवित पार्न र आपूर्ति सहज गर्न भारतलाई साझेदार बनाउन जी २० का अन्य नेतासँग अपिल गरेका थिए। महामारीका बाबजूद विश्वसनीय आपूर्ति सञ्जालमा भारत विश्वासनीय साझेदार देश प्रमाणित भएको उनले बताए।एजेन्सी































प्रतिक्रिया