अफगानिस्तानको सैनिक अस्पतालमा विस्फोट, कम्तीमा २० जनाको मृत्यु

अफगानिस्तानको सैनिक अस्पतालमा विस्फोट, कम्तीमा २० जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानको राजधानी काबुलमा भएको विस्फोट र आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ । बन्दुकधारीहरूले काबुस्थित एउटा सैनिक अस्पतालमा गराएको विस्फोट र आक्रमणमा अन्य १६ जना घाइते भएका छन् । 

काबुलको सर्दार दाउद खान अस्पतालबाहिर विस्फोट गराएपछि बन्दुकधारीहरू अस्पताल परिसरमा प्रवेश गरेका थिए । 

अतिवादी मुस्लिम समूह इस्लामिक स्टेटसँग आबद्ध आईएस–के ले आक्रमणको जिम्मा लिएको छ ।  विस्फोटपछि घटनास्थलमा धुवाँको मुस्लो निस्किएको एउटा भिडियो फुटेजमा देख्न सकिन्छ । 

आक्रमणपछि आफू भागेर अस्पतालको कुनामा गएर ज्यान जोगाएको सो अस्पतालका डा. सहिद अहदले बताए । दुई ओटा विस्फोटमध्ये एउटा विस्फोट आत्मघाती भएको उनले जानकारी दिए । 

१५ अगस्टमा तालिबानले राजधानी काबुल कब्जा गरेपछि आईएसले हिंसात्मक हमला गर्दै आएको छ । 

Logo