इतिहासमा आजः इजरायली प्रधानमन्त्रीको हत्या, अमेरिकाका ४४ औं राष्ट्रपति बाराक ओबामा

इतिहासमा आजः इजरायली प्रधानमन्त्रीको हत्या, अमेरिकाका ४४ औं राष्ट्रपति बाराक ओबामा

केन्द्रबिन्दु
0
Shares

आज ४ नोभेम्बर। विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण  घटनाः

बाराक ओबामा अमेरिकाको ४४ औं राष्ट्रपति
अफ्रिकी मूलका अमेरिकी नागरिक बाराक ओबामा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए। उनी दुई पटकसम्म अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए।

इजरायली प्रधानमन्त्रीको हत्या
सन् १९९५ मा इजरायलका प्रधानमन्त्री इत्ज्याक रबिनको हत्या भएको थियो। रबिन ओस्लो शान्ति सम्झौतामा महत्वपूर्ण भूमिकामा थिए।  

इरानमा ५२ अमेरिकी बन्धक 
सन् १९७९ मा इरानी विद्यार्थीहरूको एउटा समूहले तेहरानस्थित अमेरिकी दूतावासलाई नियन्त्रणमा लिएर ५२ अमेरिकीलाई नियन्त्रणमा लिएका थिए। बन्धकपछि इरान र अमेरिकाबीच तनाब बढेको थियो। 

अमेरिकी राष्ट्रिय सुरक्षा निकाय गठन
सन् १९५२ मा अमेरिकाको राष्ट्रिय सुरक्षा निकाय (एनएसए) गठन भएको थियो। एनएसएले देशभित्र गुप्तचरसम्बन्धी गतिविधि अनुगमन र सूचना संकलन गर्छ। 

अमेरिकाको पहिलो महिला गभर्नर
सन् १९२५ मा अमेरिकाले पहिलो पटक महिला गभर्नर पाएको थियो। निलाई टेलोइ रोस अमेरिकाको वाइओमिङमा राज्यको गभर्नर बनेकी थिइन्।एजेन्सी 

Logo