विश्वमै सबैभन्दा छोटो समयमा जन्मिने शिशुकाे रेकर्ड कर्टिस मिन्सलाई

विश्वमै सबैभन्दा छोटो समयमा जन्मिने शिशुकाे रेकर्ड कर्टिस मिन्सलाई

केन्द्रबिन्दु
0
Shares

अमेरिकाका एक बालक विश्वमै सबैभन्दा कम समयमा जन्मिने शिशु बनेका छन्। कर्टिस मिन्स १९ सातामा जन्मिएका थिए। १६ महिनाअघि अलाबामाको एउटा अस्पतालमा जन्मिदा उनको तौल ४२० ग्राम मात्र थियो।

छोटो समयमा जन्मिएका मिन्सको बाँच्ने सम्भावना १ प्रतिशतभन्दा न्यून थियो। उनी बाँच्लान भनेर आफ्नै बाबुआमालेसमेत पत्याएका थिएनन्।

गिनिज वर्ल्ड रेकर्डले उनलाई विश्वमै कम समयमा जन्मिने जीवित शिशुका रूपमा प्रमाणित गरेको छ। सामान्यतया मानिसको गर्भावस्थाको समय ४० साताको हुन्छ। तर, केही शिशु त्योभन्दा छिटो पनि जन्मिन्छन्।

प्रसवपीडा भएपछि मिन्सकी आमा मिसेल बटलरलाई गत वर्षको ४ जुलाईमा अलाबामाको एउटा अस्पताल भर्ना गरिएको थियो। भोलिपल्ट उनले जुम्ल्याहा शिशु जन्माएकी थिइन्। अर्का शिशु सियसाको एक दिनपछि मृत्यु भयो भने मिन्सलाई आईसीयूमा राखेर उपचार गरिएको थियो।  

तीन महिनापछि मिन्सलाई भेन्टिलेटरबाट निकालिएको थियो। २७५ दिन लामो उपचारपछि यसै वर्षको अप्रिलमा उनी डिस्चार्ज भएका थिए। चिकित्सकहरुले ट्यूबमार्फत मिन्सलाई खान सिकाएका थिए। अहिले पनि उनलाई थप अक्सिजन आवश्यक पर्छ। त्यस्तै, ट्यूबको सहायतामा उनी खानेकुरा खान्छन्। उनको स्वास्थ्य राम्रो भएको चिकित्सकहरु बताउँछन्।एजेन्सी

Logo