जब क्यालिफोर्नियाकाे एक सडकमा गाडीबाट डलर ओइरियो…

जब क्यालिफोर्नियाकाे एक सडकमा गाडीबाट डलर ओइरियो…

केन्द्रबिन्दु
0
Shares

अमेरिकाको एउटा राजमार्गमा एउटा बख्तरबन्द गाडीबाट नोट झरेपछि टिप्नेको भिड लागेको विवरण सार्वजनिक भएको छ।

नोट खसेर राजमार्ग र वरपरको हावामा उड्न थालेपछि सर्वसाधारणले आफूले चलाएको गाडी नै रोकेर पैसा टिपेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। गाडी रोकेर पैसा टिप्न निस्कँदा केही घन्टा राजमार्ग अबरुद्ध भएको थियो।

क्यालिफोर्नियाको सान डिएगो काउन्टीको एउटा राजमार्गमा गुडिरहेको गाडीबाट सडकमा नोट खसेको थियो। गुडिरहेको गाडीको ढोका बीच सडकमा खुल्दा नोटका बिटा खसेका थिए। अधिकांश नोट दुईदेखि २० डलरका थिए। 

मानिसहरुले हतारमा खसेका रकम उठाएका देखिन्थे। अनधिकृत रुपमा नोट उठाएको भन्दै प्रहरीले केहीलाई गिरफ्तार गरेको छ। पैसा लिएर भागेकालाई फिर्ता गर्न प्रहरीले अनुरोध गरेको छ। 

घटनाबारे संघीय जाँच ब्यूरो (एफबीआई) ले जाँच गरिरहेको छ।एजेन्सी

Logo