विश्वका १०० वटा प्रदूषित सहरमध्ये ९४ प्रदूषित सहर भारत, पाकिस्तान र चीनमा छन्। विश्वको वायुहरुको गुणस्तर मापन गर्ने निकाय आइक्यू एयरले सो जानकारी दिएको हो।
आइक्यू एयरका अनुसार सन् २०२० मा विश्वका १०० सहरमध्ये ४६ प्रदूषित सहर भारतका थिए। त्यस्तै चीनमा ४२, पाकिस्तानमा ६, बंगलादेशमा चार, इन्डोनेसियामा र थाइल्याण्डमा एक एक वटा प्रदूषित सहर थिए। यी सबै दक्षिण एसियाली देश हुन्।
आइक्यूका अनुसार गाजियावाद भारतको सवैभन्दा प्रदूषित सहर हो। त्यस्तै, चीनको सहर होटान र पाकिस्तानको लाहोर त्यहाँका सर्वाधिक प्रदूषित सहर हुन्। लाहोर विश्वकै प्रदूषित सहरको सूचीमासमेत पर्छ।
सन् २०२० मा होटानमा सबैभन्दा खराब अर्थात औसत वायु गुणस्तर ११०.२ थियो।
आइक्यू एयरका अनुसार चीन र भारत विश्वमै सवैभन्दा बढी कार्बन उत्सर्जन गर्ने देश हुन्। तर, पछिल्ला वर्षमा पाकिस्तानको वायु गुणस्तर पनि निकै खस्किएको छ।
भारतको नयाँ दिल्लीमा प्रदूषणका कारण त्यहाँका विद्यालय तथा कलेज र कारखाना बन्द गरिएका छन्। त्यस्तै, सरकारी कर्मचारीले घरबाटै काम गर्न थालेका छन्। प्रदूषण नियन्त्रण नभए सरकारले लकडाउनसम्मको तयारी गरेको छ।
नयाँ दिल्लीमा मानिसहरूको फोक्सोलाई हानि गर्ने पीएम २.५ कणहरू विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्डभन्दा ३४ गुणा बढी छ। हिउँदमा किसानहरूले जलाउने पराल र डाँठका कारण हरेक वर्ष भारतीय सहर थप प्रदूषित बन्ने गरेका छन्।एजेन्सी





























प्रतिक्रिया