अमेरिकामा रहस्यमय विमान अपहरण, ढाकाको कपडा उद्योग आगलागीमा ११० जनाको मृत्यु

अमेरिकामा रहस्यमय विमान अपहरण, ढाकाको कपडा उद्योग आगलागीमा ११० जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

आज २४ नोभेम्बर। विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

ढाकाको कपडा उद्योगमा आगलागी
सन् २०१२ मा बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी हुँदा ठूलो जनधनको क्षति भएको थियो। एउटा कपडा कारखानामा लागेको आगलागीमा ११० जनाको मृत्यु हुनुको साथै २०० जना घाइते भएका थिए। कारखानामा विद्युत सर्ट भएर आगो लागेको थियो।
 
रहस्यमय विमान अपहरण
सन् १९७१ मा अमेरिकी इतिहासमै एउटा रहस्यमय विमान अपहरण भएको थियो। डीबी कुपर नाम गरेका एक व्यक्तिले अमेरिकाको सियाटलबाट वासिंगटनका लागि उड्न लागेको एउटा विमान अपहरण गरेका थिए। यात्रुहरुलाई सियाटल विमानस्थलमा झारेपछि अपहरणकारीले दुई लाख डलर रकम मागेर विमान चालकलाई सो विमान मेक्सिकोतर्फ उडाउन बाधय पारेका थिए। उनी आकाशबाटै प्यारासुटबाट हाम फालेर गायव भएका थिए। उनको बारेमा अहिलेसम्म केही पत्तो लागेको छैन्।
 
केनेडीका हत्यारामाथि गोली हानेर हत्या
अमेरिकाका ३५ औं राष्ट्रपति जोन अफ केनेडीका हत्यारा ली हार्भे ओसवाल्डको सन् १९६३ को २४ नोभम्बरमा हत्या भएको थियो। अनुसन्धानका लागि प्रहरीको एउटा गाडीमा लैजाने क्रममा ज्याक रुबे नाम गरेका एक व्यक्तिले उनलाको गोली हानेर हत्या गरेका थिए। उनको हत्याको समाचार टेलिभिजनमा लाईभ प्रसारण गरिएको थियो। ओसवाल्डले २२ नोभेम्बरमा केनेडीको हत्या गरेका थिए।
 
ओरिजिन अफ स्पाइसेज प्रकाशन
सन् १८५९ मा चार्ल्स डार्विनको पुस्तक ओरिजिन अफ स्पाइसेज प्रकाशित भएको थियो। सदावहार लोकप्रिय सो पुस्तकले विकासको सिद्धान्त र प्राकृतिक छनौटको प्रकृयालाई व्याख्या गरेको छ। 

Logo