दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट तीव्र, बेलायतले लगायो ६ देशमा यात्रा प्रतिबन्ध

दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट तीव्र, बेलायतले लगायो ६ देशमा यात्रा प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

विश्व स्वास्थ्य संगठन (डब्लूचओ) ले दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र फैलिरहेको जनाएको छ। नयाँ भेरियन्टका कारण कोरोना भाइरसविरुद्धको खोप पनि प्रभावहीन देखिएको छ। विश्वभर कोभिडका हजारौं भेरियन्ट (प्रकार) भेटिएका छन्। 

नयाँ भेरियन्ट पहिचान गरेका दक्षिण अफ्रिकाका विज्ञहरुले यसको उत्परिवर्तन असंख्य भएको बताएका छन्। नयाँ भेरियन्टका कारण अहिले प्रयोगमा आएका कोभिड खोप प्रभावकारी नहुने उनीहरुको भनाइ छ। डब्लूचओका विज्ञहरू नयाँ भेरियन्टबारे अध्ययन गर्न दक्षिण अफ्रिकी देशको भ्रमण गर्दैछन्।

नयाँ भाइरस देखिएसँगै बेलायतले दक्षिण अफ्रिकाका ६ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जाम्बिया, बोत्सवान, लेसेथो, इस्वातिनीका नागरिकलाई प्रतिबन्ध लगाएको हो।एजेन्सी

Logo