भारतमा पुरुषभन्दा महिला धेरै

भारतमा पुरुषभन्दा महिला धेरै


भारतमा पुरुषभन्दा महिलाको संख्या बढी देखिएको छ। राष्ट्रिय परिवार तथा स्वास्थ्य सर्वेक्षणको तथ्यांकले पुरुषभन्दा महिला बढी देखाएको हो। 

सर्वेक्षणको तथ्यांक देशभरका ६ लाख घरपरिबारबाट लिइएको थियो। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको सर्वेक्षणअनुसार प्रति १ हजार पुरुष बराबर १०२० महिला छन्।  

अरुणान्चल प्रदेश, चन्डीगढ, छत्तिसगढ, हरियाणा, झारखन्ड, मध्य प्रदेश, दिल्ली, उडिसा, पन्जाव, राजस्थान, तमिल नाडु, उत्तर प्रदेश र उत्तराखन्डमा सर्वेक्षण गरिएको थियो। 

सर्वेक्षणमा विद्यालयपूर्वको शिक्षा, अपाङ्गता, शौचालयको पहुँच, मृत्यु दर्ता, गर्भपतनलगायतका विषयलाई समेटिएको थियो।एजेन्सी

Logo