तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा सात जनाको मृत्यु भएको छ भने ३८ जना बिरामी भएका छन्। मृत्यु हुनेमा एक बालक पनि छन्। पेम्बा द्वीपका पाँचै जनाले कछुवाकाे मासु खाएका थिए।
तान्जानियाका तटीय क्षेत्रमा कछुवाको मासु खाने चलन छ। उनीहरुको मृत्युपछि स्थानीय प्रशासनले कछुवाको मासु खान प्रतिबन्ध लगाएकाे छ।
टर्टल फाउन्डेशन नामक संस्थाका अनुसार कछुवाले खाने विषालु लेउका कारण मासु पनि विष हुन्छ। विषालु मासुले विशेष गरी बालबालिका र वृद्धवृद्धालाई नराम्रो असर गर्ने भन्दै संस्थाले आगामी दिनमा त्यस्तो मासु नखान सम्बन्धित सबैलाई आग्रह गरेको छ।
तान्जेनियामा कछुवाको मासु खाँदा बारम्बार मानिसहरुको मृत्यु हुने गरेको छ। यसअघि मार्चमा म्याडगस्करमा कछुवाको विषालु मासु खाँदा नौ बालबालिकासहित १९ जनाको मृत्यु भएको थियो।एजेन्सी
विश्वप्रकाशित: १५ मंसिर २०७८ ०८:१४ बुधबार