अष्ट्रेलिया र जापानले लगाए अन्तर्राष्ट्रिय विद्यार्थीमाथि प्रतिबन्ध

अष्ट्रेलिया र जापानले लगाए अन्तर्राष्ट्रिय विद्यार्थीमाथि प्रतिबन्ध


अष्ट्रेलिया र जापानले विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाएका छन्। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको जाेखिम बढेकाे भन्दै ती देशले अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रवेशमा  राेक लगाएका हुन्। साे निर्णयबाट विभिन्न देशका विद्यार्थी प्रभावित हुने भएका छन्।

अस्ट्रेलियाले अ‍ाज १ डिसेम्बरदेखि लागू हुने गरी विदेशी  विद्यार्थीमा प्रतिबन्ध लगाएकाे हाे। याे प्रतिबन्ध दुई सातासम्म लागू हुनेछ। 

जापान सरकारले सोमबारदेखि लागू हुने गरी सबै अन्तर्राष्ट्रिय विद्यार्थीमाथि प्रतिबन्ध लगाइएकाे जनाएकाे छ। काेभिडकाे नयाँ भेरियन्ट देखिएपछि यी दुबै देशले अफ्रिकी मुलुकसँगकाे हवाई यात्रामा राेक लगाएका  थिए।एजेन्सी

Logo