नाइजेरियामा १० लाख डाेज खाेप हिनामिना

नाइजेरियामा १० लाख डाेज खाेप हिनामिना

केन्द्रबिन्दु
0
Shares

अफ्रिकी देश नाइजेरियामा १० लाख डाेज काेभिड खाेप हिनामिना भएकाे छ। प्रयाेग नभइ पहिलाे पटक यति ठूलाे परिमाणमा खाेप खेर गएकाे हाे। विश्व स्वास्थ्य संगठनका अनुसार २० कराेड जनसंख्या भएकाे नाइजेरियामा मुस्किलले चार प्रतिशत वयस्कले खाेप लगाएका छन् ।

राम्राेसँग भन्डारण हुन नपाउँदा ठूलाे परिमाणमा खाेप हिनामिना भएकाे हाे। अनुदानमा प्राप्त ठूलाे परिमाणकाे खाेप व्यवस्थापन गर्न नसक्दा अफ्रिकी मुलुकहरुमा खाेप हिनामिना हुने क्रम बढ्दाे छ। 

सरकारले खाेप व्यवस्थापन गर्न नसक्दा हिनामिना भएकाे डूब्लूएचओले जनाएकाे छ। अक्टाेबरमा प्रदान गरिएकाे थप ८ लाख खाेपकाे मात्रा भने प्रयाेगमा आएकाे जनाइएकाे छ। 

नाइजेरियामा अझै ५० प्रतिशतले पूर्ण खाेप लगाएका छैनन्। काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेन देखिएसँगै पश्चिमेली देशहरुले नाइजेरियामाथि यात्रा प्रतिबन्ध लगाएका छन्। पछिल्लाे समयमा नाइजेरियामा संक्रमितहरुकाे संख्या बढेकाे छ।एजेन्सी

Skip This
Skip This
Logo