मोदीलाई कालो झन्डा देखाउने महिलामाथि गोली प्रहार

मोदीलाई कालो झन्डा देखाउने महिलामाथि गोली प्रहार

केन्द्रबिन्दु
0
Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झन्डा देखाउने एक महिलामाथि गोली प्रहार भएको छ। रिता यादव नाम गरेकी महिलाले उत्तर प्रदेशको सुल्तानपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीलाई कालो झन्डा देखाएकी थिइन्। 

१६ डिसेम्वरमा मोदीले पूर्वाञ्चल एक्सप्रेस वे उद्घाटन गर्ने क्रममा यादवले कालो झन्डा देखाएकी थिइन् । झन्डा देखाएको आरोपमा उनलाई सोमबार एउटा अज्ञात समूहले गोली हानेको थियो । गम्भीर घाइते बनेकी उनको सुल्तानपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

निजी कारमा लाम्भुवा क्षेत्रमा जाने क्रममा तीन जनाले उनलाई गोली हानेको थियाे । सुरुमा आक्रमणकारीले दुर्व्यवहारपछि उनलाई मार्ने धम्की दिएका थिए । सो समूहका एक जनाले उनको गाडीका चालकको निधारमा बन्दुक तेर्साएका थिए । 

उनले गालामा एक झापड हानेपछि आक्रमणकारीले गोली हानेर भागेका थिए। यादव केही महिना अगाडि मात्र भारतीय कंग्रेसमा प्रवेश गरेकी थिइन् ।एजेन्सी

Skip This
Skip This
Logo