इन्डोनेसियाले किन सार्दैछ राजधानी?

इन्डोनेसियाले किन सार्दैछ राजधानी?

केन्द्रबिन्दु
0
Shares

इन्डोनेसियाले अहिलेको व्यस्त राजधानी जर्कातालाई बोरिनो टापुतर्फ सारेको छ। अहिलेको राजधानी जाकार्ताबाट १३ सय किलोमिटर टाढा रहेको कलिमन्थन प्रान्तको बोर्नियो द्विपमा नयाँ राजधानी बनाउन लागेको हो। राजधानी सार्नेसम्बन्धि विधेयक त्यहाँको संसदले सोमबार पारित गरेको छ।

नयाँ राजधानीको नाम नुसन्तारा राख्ने निर्णय पनि संसदले गरेको छ। नुसन्ताराको अर्थ द्विपसमूह हो। राष्ट्रपति जोको विदोदोले केही वर्षअघि नै राजधानी सार्ने घोषणा गरेका थिए।

किन सर्दैछ राजधानी ?

राजधानी सार्नुपर्ने कारण बुझ्न गाहो छैन। जार्काता हरेक वर्ष १ देखि १५ सेन्टिमिटरका दरले डुबिरहेको छ। सहरको झन्डै आधा भन्दा बढी भाग समुद्रको सतहमुनि छ। जाकार्ता दलदल भूमिमा छ। जाभा समुद्रले राजधानी वरपरको भूभागलाई बारम्बार धक्का दिइरहेको छ।

राजधानीको ट्राफिक जाम पनि भयावह छ। सन् २०१६ मा गरिएको एक सर्वेक्षणमा इन्डोनेसियाको ट्राफिक संसारकै खराबमध्येको एक थियो । वैठकस्थलमा पुग्न मन्त्रीहरुलाई प्रहरीले लामो स्कटिङ गर्नु सामान्य जस्तो बनेको छ।

अहिलेको राजधानी सहरको जनसंख्या ३ करोड पुगेको छ। पानी प्रदुषित छ। राजधानी सार्ने कार्यका लागि मात्र सरकारले ३३ अर्ब डलर खर्च गर्नुपर्नेछ। यसका लागि ९ देखि १५ लाख मानिसको आवासका लागि ३० हजारदेखि ४० हजार हेक्टर भूमि आवश्यक पर्नेछ। 

राजधानी स्थानान्तरण गर्ने योजना बनाउने इन्डोनेसिया मात्र पहिलो देश होइन। विश्वका अन्य देश पनि छन्, जसले ढिलो चाँडो अहिले भइरहेको राजधानी परिवर्तन गर्दैछन्। एजेन्सी

Skip This
Skip This
Logo