भारतमा काेराेना : एकै दिन थपिए ३ लाख १७ हजार संक्रमित

भारतमा काेराेना : एकै दिन थपिए ३ लाख १७ हजार संक्रमित

केन्द्रबिन्दु
0
Shares

भारतमा एकै दिन ३ लाख १७ हजार जनामा कोभिड देखिएको छ। यो संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च हो। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमितको संख्या दिनहुँ बढेको छ । 

भारतका २९ वटै राज्यमा ओमिक्रोन देखिएको छ। अहिलेसम्म आठ हजार २०९ जनामा ओमिक्रोन देखिएको छ। सबैभन्दा बढी महाराष्ट्रमा ओमिक्रोन संक्रमित भेटिएका छन्। पछिल्लो २४ घन्टामा कोभिडबाट ४४१ जनाको मृत्यु भएको छ।

कोभिड संक्रमित बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ।एजेन्सी

Skip This
Skip This
Logo