युगान्डामा २०० भन्दा बढी कैदी जेलबाट फरार, तीन जनाको मृत्यु

युगान्डामा २०० भन्दा बढी कैदी जेलबाट फरार, तीन जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

युगान्डा ।

युगान्डाको उत्तरपूर्वी जिल्ला मोरोटोको जेलबाट कम्तीमा २१९ कैदी फरार भएको स्थानीय जेलका प्रवक्ताले बताएका छन् ।

युगान्डा कारागार सेवाका प्रवक्ता फ्रान्क बाइनका अनुसार स्थानीय समय अनुसार जेल तोडेर भाग्ने क्रममा कम्तीमा सात बन्दीहरुलाई पुनः नियन्त्रणमा लिइएको छ र तीन जना मारिएका छन् । मारिएका तीन कैदीले बिहीबार नै नियन्त्रणमा आएपछि पुनः भाग्न बल प्रयोग गरेपछि भएको भिडन्तमा उनीहरू मारिएका मोरोटो सहरको सिंगिला जेल प्रशासनले जनाएको छ ।

बाइनले भने, “जेल प्रशासन, सेना तथा प्रहरीले फरार कैदीहरूको संयुक्त रूपमा खोजी गरिरहेका छन् । बुधबार रातिदेखि सुरक्षाकर्मीले हवाई गस्तीलाई रोकी पैदल गस्तीहरूलाई बढाएका छन् । खोजी जारी छ यस साताभरमा उनीहरू पत्ता लाग्नेछन्,” उनले भने ।

प्रवक्ता बाइनले भन, “फरार तथा मारिएका अधिकांश कैदीहरूलाई अवैध रूपमा हतियार राखेको अभियोगमा जेलमा राखिएको थियो । उनीहरूसँगबाट १४ थान बन्दूक र दर्जनौँ गोली तथा केही विस्फोटक पदार्थ बरामद गरिएको छ ।”

गत मार्चमा उत्तर पश्चिमी जिल्ला औरामा कैदीहरूले जेलको घेरा तोडी भाग्न खोज्दा भएको दङ्गामा तीन कैदीको मृत्यु भएको थियो भने छ घाइते भएका थिए । तर कैदीहरूको घाग्ने प्रयास सुरक्षाकर्मीले विफल पारेको थियो ।रासस

Logo