५४ चिनियाँ एप्समाथि भारतले लगायो प्रतिबन्ध

५४ चिनियाँ एप्समाथि भारतले लगायो प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

देशको सुरक्षामा खतरा निम्त्याएको भन्दै भारतले ५४ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ। सरकारले चाँडै नै ती एप्समा प्रतिबन्ध लगाउने  सरकारी स्रोतलाई उदृत गर्दै भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ।

स्वीट सेल्फी एचडी, व्युटी क्यामेरा–सेल्फी क्यामेरा, भिभा भिडियो इडिटर, टेन्सेन्ट एक्सरिभर, अनमायोजी अरेना, एपललक, डुअल स्पेल लाइट सरकारले प्रतिबन्ध लगाउन लागिएका केही एप्स हुन्। 

देशको सार्वभौमसत्ता र सुरक्षामा जोखिम पुर्‍याएको भन्दै गत वर्षको जुनमा सरकारले सामाजिक सञ्जालमा व्यापक प्रयोगमा आएका टिक टक, वीच्याट र हेलोमाथि प्रतिबन्ध लगाएको थियो। 

सन् २०२० को मे महिनामा चीनसँगको सीमा तनावपछि करिव ३०० एप्सहरुमाथि भारतमा प्रतिबन्ध लगाइएको छ। पूर्वी लद्दाखको गालवान उपत्यकामा चिनियाँ सेनाहरुसँगको भिडन्तमा २० भारतीय सैनिक मारिएपछि सन् २०२० को जुनमा पहिलो चरणको प्रतिबन्ध घोषणा गरिएको थियो।एजेन्सी

Skip This
Skip This
Logo