२७ साउन २०७९ शुक्रबार
1
1
1
1

0 Shares

तीन दिने नेपाल भ्रमणमा आउँदै चिनियाँ विदेश मन्त्री

1
1
1
1
1

चिनियाँ विदेश मन्त्री  तथा स्टेट काउन्सिल वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा शुक्रवार काठमाडौं आउने भएका छन् । 

नेपाल र चीन दुवै देशले वाङको नेपाल भ्रमणको आज औपचारिक घोषणा गर्दै छन् । उनले यही चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण गर्नेछन् ।

तय भएको कार्यक्रम अनुसार चिनियाँ बिदेशमन्त्री वाङ चैत ११ गते बेलुकी काठमाडौं आइपुग्ने छन्  ।

वाङको महत्त्वपूर्ण कार्यक्रमहरू सबै चैत १२ र  १३ गतेलाई राखिएको छ । 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चैत १२ गते नेपाल(चीन परराष्ट्र मन्त्री स्तरीय द्विपक्षीय बैठक बस्नेछ । 

नेपाल भ्रमणको बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी,  प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य प्रमुख दलका शीर्ष नेताहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

चिनियाँ विदेश मन्त्री वाङ चैत १३ गते साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

विज्ञान-प्रविधि

प्रकाशित: ७ चैत २०७८ ०८:५८ सोमबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी