चीनकाे जिलिन प्रान्तमा तीन दिन लकडाउन

चीनकाे जिलिन प्रान्तमा तीन दिन लकडाउन

केन्द्रबिन्दु
0
Shares

चीनले देशको उत्तरपूर्वमा लाखौँ मानिसहरुलाई घरमै बस्न आदेश दिएको छ। कोभिड–१९ का घटनामा फेरि बृद्धिसँगै सरकारले सर्वसाधारणलाई यस्तो आदेश दिएको हो।

लक्षित क्षेत्रमा तालाबन्दी, सामूहिक परीक्षण र यात्रा प्रतिबन्ध जस्ता तरिका अपनाएर सन् २०२० को सुरुमा चीन सरकारले कोभिडलाई नियन्त्रणमा राख्न सफल भएको थियो। तर, पछिल्लो समयमा कोभिडको नयाँ भेरियन्ट ओमिक्राेनका कारण संक्रमण फैलिएको छ।

जिलिन प्रान्तको दोस्रो ठूलो सहर जिलिनमा सोमबार रातिदेखि तीन दिन लकडाउन घोषणा गरिएको छ। जिलिनमा ४५ लाख मानिस बसोबास गर्छन्।

पछिल्लो २४ घन्टामा चीनमा ४ हजार भन्दा बढी कोभिडका नयाँ संक्रमित भेटिएका थिए।एजेन्सी

Skip This
Skip This
Logo