भारतका गृहमन्त्री शाह अस्पताल भर्ना

भारतका गृहमन्त्री शाह अस्पताल भर्ना

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली ।

भारतका संघीय गृहमन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा अस्पताल भर्ना भएका छन् । पूर्ण स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

उनलाई गत अगस्टको २ तारिखमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि कोरोना नेगेटिभ देखिएपछि उनलाई अगस्ट १४ मा डिस्चार्ज गरिएको थियो । लगातार उच्च स्वास्थ्य निगरानीमा रहनु भएका शाह त्यतिबेलाको सङ्क्रमणको अन्तिम परीक्षणका लागि अहिले फेरी अस्पताल भर्ना भएका हुन् ।

संसदको नयाँ अधिवेशन शुरु हुनु अगाडि उनको पूर्ण स्वास्थ्य परीक्षण गर्न लागिएको भारतीय अधिकारीहरूले बताएका छन् ।

“गृह मन्त्री शाहलाई यसअघि गत अगस्ट ३० मा अस्पतालबाट उनको निवासमा पठाइएको थियो । अहिले फेरी उनलाई भर्ना गरिएको छ,” अस्पतालद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।रासस

Logo