रुसी हमलामा युक्रेनका ४३ लाख बालबालिका विस्थापित, १३६ मारिए : यूनिसेफ

रुसी हमलामा युक्रेनका ४३ लाख बालबालिका विस्थापित, १३६ मारिए : यूनिसेफ

केन्द्रबिन्दु
0
Shares

फेब्रुवरी २४ देखि सुरु भएको रुसी हमलामा युक्रेनका आधाभन्दा बढी बालबालिका विस्थापित भएका छन्। ‘युक्रेनमा एक महिनादेखि जारी युद्धले ४३ लाख बालबालिका विस्थापित भएका हुन्। यो संख्या देशको अनुमानित ७५ लाख बालबालिकाको आधाभन्दा बढी हो’, राष्ट्रसंघीय बाल कोष यूनिसेफले भनेको छ। 

त्यस्तै, युद्धका कारण विस्थापित १ करोड मानिसमध्ये आधाभन्दा बढी बालबालिका छन् । युद्धका कारण १८ लाखभन्दा बढी मानिस शरणार्थीको रुपमा विभिन्न देशमा पुगेका छन् भने अरु २५ लाख मानिस युद्धग्रस्त देशभित्रै विस्थापित भएका छन्।

यूनिसेफ प्रमुख क्याथरिन रसेलले भनिन्, ‘युद्धले दोस्रो विश्वयुद्धपछि सबैभन्दा छिटो बालबालिकाको ठूलो संख्यामा विस्थापित गरेको छ। ‘यो एउटा डरलाग्दो संकेत हो, जसले आउने पुस्ताका लागि दीर्घकालीन परिणामहरू निम्त्याउन सक्छ,’ उनले चेतावनी दिइन्। 

यसैबीच, रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ बालबालिका मारिएका छन्। रुसी हमलामा दुई सय बालबालिका घाइते भएका छन्। युद्धमा युक्रेनतर्फ ठूलो भौतिक क्षति भएको छ।एजेन्सी

Skip This
Skip This
Logo