विश्वमा नयाँ संक्रमित भन्दा निको हुने धेरै, कहाँको अवस्था कस्तो ? (भिडियाेसहित)

विश्वमा नयाँ संक्रमित भन्दा निको हुने धेरै, कहाँको अवस्था कस्तो ? (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेपालमा आइतबार ९८० जना नयाँ संक्रमित थपिए भने एक हजार ८१४ जना संक्रमणमुक्त भए। अर्थात कोरोना संक्रमित भन्दा करिब दोब्बर संख्यामा संक्रमित निको भए।

नेपालमा कोरोनाबाट निको हुनेको संख्या यो नै अहिलेसम्मकै धेरै हो। यस अघि शनिबार पनि एक हजार ४१ जना कोरोना संक्रमित थपिँदा १ हजार ५ सय ६६ जना संक्रमित निको भएर घर फर्किएका थिए।

शनिवार ९ जनाको मृत्यु भएकोमा आज पनि ९ जनाकै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २८९ जना पुगेको छ। यस्तै आइतबारसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४६ हजार २ सय ५७ जना पुगेको छ ।

देशभरी सक्रिय संक्रमित १७ हजार २७ जना रहेका छन् भने अहिलेसम्म २८ हजार ९४१ जना निको भएका छन् । अर्थात नेपालमा अहिले संक्रिय केश भन्दा निको हुनेको संख्या १० हजार भन्दा बढी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा अहिलेसम्म कुल संक्रमित मध्ये ०.६२ प्रतिशतको मृत्यु भएको छ । यस्तै ६२ दशमलव ५७ प्रतिशत विरामी निको भएका छन् भने ३६ दशमलव ८१ प्रतिशत उपचाररत छन् ।

कोरोनाको हटस्पट बनेको पर्सामा पनि पछिल्लो समय नयाँ संक्रमित थपिने भन्दा निको हुनेको संख्या बढ्दो छ । हालसम्म पर्सामा २ हजार ३ सय ७७ जना संक्रमितहरु रहेकामा निको हुनेको संख्या एक हजार ४ सय १२ पुगेको छ ।

नेपालमा मात्रै होइन विश्वका अधिकांश देशमा नयाँ थपिने संक्रमित भन्दा निको हुनेको संख्या बढी पाइएको छ । यस्तै अधिकांश देशमा उपचाररत संक्रमित भन्दा निको हुनेको संख्या बढी छन् ।

Logo