…. जब बाइडेन साइकलबाट लडे, ट्रम्पले खिल्ली उडाए

…. जब बाइडेन साइकलबाट लडे, ट्रम्पले खिल्ली उडाए

केन्द्रबिन्दु
0
Shares

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडेनलाई साइकल चलाउँदा खसेको विषयमा आलोचना गरेका छन् । 

ट्रम्पले बाइडेनको स्वास्थ्य लाभको कामना गर्दै आफू कहिल्यै साइकल नचलाउने बताएका छन् । बाइडेन केही दिन अघि आफ्नो गृह राज्य डेलावेयरमा छुट्टीमा साइकल चलाउँदै गर्दा साइकल चिप्लिएर खसेका थिए । 

पूर्व राष्ट्रपति ट्रम्प यतिबेला अमेरिकाको ‘फ्रीडम टुर’ मा छन् । यसै क्रममा उनले र्‍यालीमा राष्ट्रपति बाइडेनको खिल्ली उडाएका हुन् । राष्ट्रपति चुनावमा पराजित भएपछि, ट्रम्पले गत वर्ष अमेरिकी क्यापिटलमा ठूलो कोलाहलको बीचमा ह्वाइट हाउस छोडेका थिए ।  

 

Logo