रूस–युक्रेन संकटः पूर्वी युक्रेनका महत्वपूर्ण शहरहरूमा रूसी घेराबन्दी बढ्यो

रूस–युक्रेन संकटः पूर्वी युक्रेनका महत्वपूर्ण शहरहरूमा रूसी घेराबन्दी बढ्यो

केन्द्रबिन्दु
0
Shares

रुस–युक्रेन युद्धको ११७ औं दिनमा, रुसी सेनाले पूर्वी युक्रेनको डोनबास क्षेत्रका दुई रणनीतिक रूपमा महत्वपूर्ण शहरहरू नजिक हजारौं युक्रेनी सैनिकहरूलाई घेरेको देखियो ।

अर्कोतर्फ, युक्रेनी राष्ट्रपतिले रुसी सेनालाई दक्षिणी युक्रेनमा कब्जा गर्न नदिने चेतावनी दिएका छन् । यदि रुसले सेभेरोडोनेस्क र लिसिचान्स्कलाई घेरा हाल्यो भने हजारौं युक्रेनी लडाकुहरू त्यहाँ फस्न सक्छन ।

युद्धभूमिमा रहेका युक्रेनी सेनाले पनि पूर्वी सहर सेभेरोडोनेस्क नजिकका गाउँहरूमा भएको रुसी आक्रमणको उचित जवाफ दिएका छन । युक्रेनी सेनाले शकिभका क्षेत्रमा रूसी आक्रमणलाई विफल पारेका छन् जसकारण रूसी सेनाहरू पछि हट्न बाध्य भए, तर यहाँ पुनः संगठित छन ।
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसलाई आफ्नो भूभाग कब्जा गर्न नदिने बताएका छन ।

यद्यपि, रुसी सेनाले सेभेरोडोन्स्क र लिसिचान्स्कको महानगरीय क्षेत्रको दक्षिणपूर्वमा रहेको एउटा सानो सहर टोस्किभका क्षेत्रमा प्रारम्भिक सफलता हासिल गरिसकेको छ ।

Logo