अफगानिस्तानमा भूकम्पमा परेर हालसम्म एक हजार भन्दा बढीको मृत्यु

अफगानिस्तानमा भूकम्पमा परेर हालसम्म एक हजार भन्दा बढीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानमा गएको भूकम्पमा परेर हालसम्म एक हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

उद्धारकार्य अहिले पनि जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान छ । तालिवानका नेता हिब्तुल्लाह अखुंदजादले ग्रामीण इलाकामा अझै पनि उद्धारकर्ता पुग्न नसकेकाले मृतक तथा घाइतेको संख्या बढ्ने बताएका छन् । उनका अनुसार अहिलेसम्म ६०० बढी घाइतेलाई उपचारका लागि अस्पतालहरुमा भर्ना गरिएको छ ।

अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो । भूकम्पबाट पूर्वी प्रान्त पक्तिका सबैभन्दा धेरै प्रभावित छ ।
 

Logo