अभिनेत्री एम्बर हर्ड विश्वकै सुन्दर अनुहार भएकी महिला

अभिनेत्री एम्बर हर्ड विश्वकै सुन्दर अनुहार भएकी महिला

केन्द्रबिन्दु
0
Shares

हलिउड अभिनेत्री एम्बर हर्ड विश्वमै सुन्दर अनुहार भएकी महिला घोषित भएकी छन् । 

एउटा विशेष म्यापिङ फर्मुलाले अभिनेत्री हर्डको अनुहारलाई ‘पर्फेक्ट’ भएको बताएको छ । उनको अनुहारको विशेषताबारे अध्ययन गर्न विशेष प्रविधिको प्रयोग गरियो, जहाँ उनको अनुहार ‘पर्फेक्ट’ रहेको निष्कर्ष निस्कियो ।

उनको आँखा, ओठ र अनुहारको आकारबारे अध्ययन गरेपछि यस्तो निष्कर्ष निकालिएको हो । ब्युटी फाइ भनिने ग्रीकको गोल्डेन रेसियो सिद्धान्तअनुसार यस्तो अध्ययन गरिएको हो, जसअनुसार हर्डको रेसियो १.६१८ छ ।

यसअघि पनि सन् २०१६ मा हर्डको तस्वीरलाई लिएर परीक्षण भएका थिए भने हार्ले स्ट्रिका चिकित्सक जुलियन डी सिल्भाले उनको गोल्डेन रेसियो ९१.८५ प्रतिशत रहेको उल्लेख गरेका थिए ।

एक जर्नलसँग कुरा गर्दै डा. डी सिल्भाले नयाँ कम्प्युटर म्यापिङ प्रविधि स्थापित भएपछि र अनुहारमा मुख्य मार्कर बिन्दुहरूका लागि एल्गोरिदम सिर्जना गरिएपछि उनले विश्वका केही सुन्दर महिलाहरूमा यो प्रणाली परीक्षण गर्ने निर्णय गरेको बताए ।

‘ग्रीकहरूले पत्ता लगाए कि यो अनुपात प्रकृतिमा जताततै हुन्छ र हजारौं वर्षदेखि यो संसारको सबैभन्दा सुन्दर अनुहारहरूको गोप्य सूत्र हो भन्ने सोचाइ रहेको छ,’ उनलाई यूएस विक्लीमा उद्धृत गरिएको थियो ।

Logo