७२ लाख रुपैयाँ पर्ने संसारकै महँगो सिरानी

७२ लाख रुपैयाँ पर्ने संसारकै महँगो सिरानी

केन्द्रबिन्दु
0
Shares

संसारमै सबै भन्दा महंगो बनेको छ ७२ लाख रुपैयाँ मूल्य पर्ने सिरानी । 

जुन नेदरल्याण्डमा उत्पादन गरिएको  हो र सो सिरानी संसारकै महँगो सिरानी हो । मानिसको स्वास्थ्यलाई ध्यानमा राख्दै एकजना फिजियोथेरापिस्टले उक्त सिरानीको डिजाइन गरेको बताइएको छ । उक्त सिरानी तयार गर्नमा पूरै १५ वर्ष लागेको र त्यस विषयमा विभिन्न अनुसन्धान समेत गरिएको थियो ।

संसारकै महँगो यो सिरानीको मूल्यचाहिं ५७ हजार डलर अर्थात् करिब ७२ लाख रुपैयाँ पर्दछ । यो सिरानीको भित्र भरेको कवाल रोबोटिक मिलिङ मेसिनले भरेको हो । यो सिरानीको चेनमा ४ वटा हिरा जडान गरिएको छ भने एउटा निलम पनि जडित छ । अनिद्राको समस्या भएका मानिसहरू यो सिरानीमा मज्जाले निदाउन सक्ने शोधकर्ताको भनाइ छ ।

एजेन्सी

Logo