अमेरिकाको टेक्सास राज्यस्थित एक बेवारिसे ट्रकमा ४६ जनाको शव फेला

अमेरिकाको टेक्सास राज्यस्थित एक बेवारिसे ट्रकमा ४६ जनाको शव फेला


अमेरिकाको टेक्सास राज्यस्थित सन एन्टोनियोको बाहिरी क्षेत्रमा एक बेवारिसे ट्रकमा ४६ जनाको शव फेला परेको छ ।

ट्रक बन्द अवस्थामा रहेको र अध्याधिक गर्मीका कारण उनीहरुको मृत्यु भएको अधिकारीहरुले बताएका छन । अन्य १६ जनाको भने उपचार भैरहेको छ । जसमा ४ बालबालिका रहेका छन ।
ट्रकमा थुनिएकाहरुले उद्धारका लागि चिच्याउँदै गरेको शहरका कर्मचारीहरुले सुनेपनि ट्रकको ढोका खोल्न नसकिएको बताएका छन ।
 बीबीसीका अनुसार घटना भएको क्षेत्र मेक्सिको– अमेरिका बोर्डरबाट २५० किलोमिटरको दुरीमा पर्दछ ।

मानव ओसारपोसारमा संलग्न गिरोहहरुले मेक्सिकोको बाटो हुँदै अबैध रुपमा अमेरिकाकोे बाहिरी ईलाकाहरुबाट आप्रवासी प्रवेश गराउने गरेका छन । घटनाका सम्बन्धमा संदिग्ध ३ जनालाई पक्राउ गरिएको र अनुसन्धान भैरहेको बताईएको छ ।

Logo