३ भदौ २०७९ शुक्रबार
1
1
1
1

0 Shares

जेलबाट भाग्ने क्रममा कम्तीमा ४९ कैदीको मृत्यु

1
1
1
1
1

दक्षिणपश्चिम कोलम्बियाको एउटा जेलबाट भाग्ने प्रयासमा कम्तीमा ४९ कैदीको मृत्यु भएको र दर्जनौं घाइते भएका छन् ।

‘अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ’,नेसनल पेनिटेन्सियरी एण्ड प्रिजन इन्स्टिच्युटका प्रवक्ताले भने । मृतकको संख्या अझै बढ्न सक्ने उनले बताए । आगो लागेपछि भाग्ने क्रममा उक्त दुर्घटना भएको स्थानीय अधिकारीहरुको भनाई उद्धृत गर्दै क्याराकोल रेडियोले जनाएको छ । 

विवरणअनुसार ४० जनाभन्दा बढी घाइते भएका छन् । निवर्तमान राष्ट्रपति इभान ड्यूकले ट्विट गर्दै मृतकका आफन्तजनप्रति सहानुभूति जनाएका छन् । ‘जेलमा भएका घटनाहरूप्रति खेद व्यक्त गर्दछौं’, उनले भने । ल्याटिन अमेरिकामा घातक जेल दंगा बारम्बार हुने गरेका छन् । कोलम्बियाको छिमेकी इक्वेडरमा सन् २०२१ को सुरुदेखि भएका ६ ओटा दंगामा झन्डै ४०० कैदी मारिएका छन् । 

एजेन्सी

विश्व

प्रकाशित: १५ असार २०७९ ०७:१७ बुधबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी