फिलिपिन्स सरकारद्वारा ‘रेपलर’ समाचार पोर्टल बन्द गर्न निर्देशन

फिलिपिन्स सरकारद्वारा ‘रेपलर’ समाचार पोर्टल बन्द गर्न निर्देशन

केन्द्रबिन्दु
0
Shares

फिलिपिन्स सरकारले नोबेल शान्ति पुरस्कार बिजेता मारिया रेसाले सञ्चालन गरेको एक न्यूज पोर्टल बन्द गर्न निर्देशन दिएको छ ।

‘रेपलर’ नाम गरेको उक्त समाचार पोर्टल राष्ट्रपति रोड्रिगो डूटेर्तेको बिरोधमा समाचार प्रकाशन गर्ने थोरै मिडियाहरुमा पर्दछ ।
यद्यपी रेसाले भने सरकारको उक्त निर्णय बिरुद्ध अदालत जाने र त्यसअघि कुनैपनि हालतमा आफुहरुको काम बन्द नहुने बताएकी छन ।
यद्यपी फिलिपिन्सको सुरक्षा मामिला हेर्ने आयोगले भने रेपलरको लाईसेन्स खारेज भैसकेकाले बन्द गर्न निर्देशन दिएको बताएको छ ।

रेपलरको बिषयमा यसअघि पनि अमेरिकी स्वामित्व रहेको भन्दै सन २०१८ मा प्रश्न उठाईएको थियो । रेपलरले भने यसको खण्डन गर्दै आएको छ । फिलिपिन्समा सञ्चारमाध्यममा बिदेशी लगानी प्रतिबन्ध छ । 
 

Logo