२४ साउन २०७९ मंगलबार
1
1
1
1

0 Shares

इरानमा ६.१ रेक्टर स्केलको भूकम्प : ५ जनाको मृत्यु

1
1
1
1
1

दक्षिणी इरानमा आज बिहान ६ दशमलव १ रेक्टर स्केलको भूकम्प जाँदा ५ जनाको मृत्यु भएको छ । 

भूकम्पपछि त्यहाँ लगातार पराकम्प गइरहेका रोयटर्सले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु इरानको बन्दरगाह सहर बन्दर अब्बासबाट झन्डै एक सय किलोमिटर टाढा छ । भुकम्पमा परी घाइते १२ जनालाई अस्पताल भर्ना गरिएको छ ।

भूकम्पले साइह खोश गाउँ बढी प्रभावित भएको छ । उद्धार तथा राहतका काम थालिएको छ । चीन, यूएई, साउदी अरेबिया, बहराइनलगायतका देशमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । 
 

विश्व

प्रकाशित: १८ असार २०७९ १२:२७ शनिबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी