भ्रामक खबर प्रसारण गरेको आरोपमा जी-न्युजका प्रस्तोता एंकर पक्राउ

भ्रामक खबर प्रसारण गरेको आरोपमा जी-न्युजका प्रस्तोता एंकर पक्राउ

केन्द्रबिन्दु
0
Shares

भारतमा भ्रामक खबर प्रसारण गरेको आरोपमा १ पत्रकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा जी-न्युजका एंकर रोहित रंजन रहेका छन् । 

उनलाई काँग्रेसका नेता राहुल गान्धीविरुद्ध भ्रामक खबर प्रसारण गरेको आरोपमा नोएडा प्रहरीले मंगलबार गाजियाबादबाट पक्राउ गरेको हो ।

केही दिन अघि रोहितले एक स्पेसल टिभी कार्यक्रममा नेता राहुल गान्धीको बयानलाई तोडमोड गरेर देखाएकाको आरोपमा रोहितविरुद्ध उजुरी दिएको भन्दै उनलाई पक्राउ गरेको थियो।

भ्रामक खबर प्रसारणले नेता गान्धीको छवि बिगारेको भन्दै छत्तीसगढमा उजुरी परेको थियो ।रोहितविरुद्ध राजस्थानमा पनि मुद्दा दर्ता भएको छ।पछि एन्कर रोहित रञ्जनले आफ्नो शोमा यसलाई मानवीय त्रुटि भन्दै माफी समेत मागेका थिए ।
 

Logo