संसारमा एउटा यस्तो देश छ, जहाँ मानिसभन्दा भेडा बढी छन् ।
न्युजिल्यान्डलाई संसारकै सबैभन्दा सुन्दर देशहरूमा गनिन्छ । यहाँको सुन्दर दृश्य हेर्न संसारभरबाट मानिसहरु आउने गर्दछन् । यति मात्र होइन, यो यस्तो देश हो, जहाँ कुनै पनि काम सुरु गर्न धेरै कागजी काम गर्नुपर्दैन । यति धेरै बिशेषता भए पनि यहाँको जनसंख्या भने निकै कम रहेको कुरा थाहा पाउँदा छक्क पर्नुहुनेछ ।
मान्छे भन्दा धेरै भेडा
न्युजिल्यान्ड संसारको एक मात्र यस्तो देश हो जहाँ मानिसको जनसंख्या भेडाको भन्दा कम छ । न्युजिल्यान्डमा बसोबास गर्ने मानिसहरूको कुल जनसंख्या करिब ४८ लाख छ । न्युजिल्यान्डमा औसत ५ भेडा बराबर १ मानिसको जनसंख्या छ । पहिले यो संख्या ८–१० भेडा÷ प्रतिव्यक्ति थियो, जुन अहिले घटेर ५ भेडामा आएको छ । यति मात्र होइन, न्यूजिल्याण्डको अर्को विशेषता भनेको यहाँ एउटा पनि सर्प छैन ।
न्युजिल्यान्डमा घना जङ्गल भए पनि सर्प भने भेट्टाउन निकै मुस्किल छ ।































प्रतिक्रिया