नासाको प्रोबले खिच्याे बृहस्पतिमा ५० किलोमिटर अग्लो आँधीको तस्बीर

नासाको प्रोबले खिच्याे बृहस्पतिमा ५० किलोमिटर अग्लो आँधीको तस्बीर

केन्द्रबिन्दु
0
Shares

नासाको प्रोब जुनोले भर्खरै बृहस्पतिमा ५० किलोमिटर अग्लो आँधीको तस्बिर पृथ्वी पठाएको छ । 

खगोलविद् र वैज्ञानिकहरू यी आँधीहरूको अध्ययनमा विशेष चासो राख्दै नासाले पठाएको तस्बिरहरूका बारेमा अध्ययन गर्दैछन् । वैज्ञानिकहरु बृहस्पति ग्रहमा कसरी यति ठूला आँधी आयो भनेर रिसर्च गरिरहेका छन् ।  

बृहस्पति सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह हो । यो एकमात्र ग्रह हो जसको गुरुत्वाकर्षण बल सूर्यमा पनि देखिन्छ । ग्यासयुक्त ग्रहमा भएको यस्तो आश्चर्यजनक घटना खगोलविद् र वैज्ञानिकहरूको लागि विशेष अध्ययनको विषय बनेको छ । यो अध्ययनपछि अध्ययनकर्ताहरूले सौर्यमण्डलका धेरै रहस्यहरू समाधान गर्ने आशा गर्छन् । 

हालै बृहस्पति ग्रहको परिक्रमा गरिरहेको नासाको जुनो अन्तरिक्ष यानले यो तस्विर पृथ्वीमा पठाएको हो । 
तस्विरमा बृहस्पतिको वायुमण्डलमा ५० किलोमिटर अग्लो आँधी आएको देखिन्छ । 

नासाको जुनो अर्बिटर सन् २०११ मा बृहस्पति ग्रहका लागि प्रक्षेपण गरिएको थियो । त्यसबेलादेखि नै यो विशाल ग्रहको मामलामा जुनो अर्बिटर मानवका लागि आँखा र कानको काम गरिरहेको छ ।

Logo