सोच्नै नसकिने संसारका सबैभन्दा महँगा भवनहरू, के कति लागतमा बने ?

सोच्नै नसकिने संसारका सबैभन्दा महँगा भवनहरू, के कति लागतमा बने ?


आज हामी तपाईलाई संसारकै सबैभन्दा महँगो भवनहरूको बारेमा बताउनेछौ । सबैभन्दा महँगो भवनको बारेमा हामी यति जानकारी भन्छौं कि यसको मूल्य यति धेरै छ कि यति मुल्यमा १ लाख भन्दा बढी लक्जरी अपार्टमेन्ट वा पेन्ट हाउसहरू किन्न सकिन्छ । 

१. द कस्मोपोलिटन
अमेरिकाको लस भेगासमा बनेको विश्वको पाँचौं महँगो भवन हो । सन् २०१० मा खोलिएको यो सबैभन्दा महँगो होटेल र क्यासिनो हो । जसको नाम – द कस्मोपोलिटन राखिएको छ । यसलाई बनाउन कुल ३ अर्ब ९० करोड डलर खर्च भएको थियो । यो भवनमा १ लाख वर्ग फिटमा फैलिएको क्यासिनो, ३ वटा पोखरी, स्पा, रेष्टुरेन्ट र रिटेल स्टोरहरू रहेका छन् । यसका साथै थिएटर र नाइट र डे क्लबको सुविधा पनि उपलब्ध गराइएको छ ।
२. मरीना बे स्यान्ड्स 
संसारको सबैभन्दा महँगो भवनहरू मध्ये चौथो नम्बरमा सिंगापुरको मरीना बे स्यान्ड्स नामक लक्जरी होटल हो । २५ सय कोठा भएको यो विलासी होटल ५।९ अर्ब डलरको लागतमा निर्माण गरिएको हो । संसारको सबैभन्दा ठूलो इन्फिनिटी पूल यहि होटलमा अवस्थित छ । होटलका ३ वटा टावर एउटै छानामा जोडिएका छन् ।
३. अबराज अल–बैत 
विश्वको तेस्रो महँगो भवन साउदी अरबको मक्कामा रहेको छ । यो साउदी अरब सरकारले बनाएको ७ टावरको कम्प्लेक्स हो । जसलाई अर्को नाम अबराज अल–बैत पनि भनिन्छ । यो भवनमा लक्जरी होटेलदेखि आवासीय अपार्टमेन्ट र ५ तले सपिङ मल छ । यो वर्ष २०११ मा खोलिएको थियो । संसारको सबैभन्दा ठूलो घडी फेस पनि यही भवनमा अवस्थित छ । यो भवन बनाउन १५ अर्ब अमेरिकी डलर भन्दा बढी खर्च भएको थियो ।

४. दुबई मल
विश्वको दोस्रो ठूलो भवनको बारेमा भन्नुपर्दा यो संयुक्त अरब इमिरेट्समा अवस्थित छ । विश्वको सबैभन्दा ठूलो मल मध्येको एक दुबई मल बनाउन कुल २४ अर्ब अमेरिकी डलर भन्दा बढी खर्च भएको थियो । १सय दुई हजार स्क्वायर फिट क्षेत्रफलमा बनेको यो मल सन् २००९ मा खोलिएको थियो ।
५. अल–हरम 
अब संसारको सबैभन्दा महँगो भवनको बारेमा जान्नै । जुन मक्कामा रहेको मस्जिद हो । यो मस्जिदलाई अल–हरम नामले पनि चिनिन्छ । तर यो भवनलाई सामान्यतया मक्काको ठूलो मस्जिद भनिन्छ । कुल ९४ एकडमा बनेको मस्जिदमा ४० लाखभन्दा बढी भक्तजनले दर्शन गर्न सक्छन् । यो मस्जिद १ सय अर्ब अमेरिकी डलरको लागतमा बनेको हो ।

Logo