ताइवानको मुद्दालाई लिएर अमेरिका र चीनबीचको तनाव लगातार बढ्दै गएको छ । यसै क्रममा अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले स्वशासित टापु ताइवानको भ्रमण गर्न लागेकी छन् छिन् ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार उनी बुधबार भ्रमणमा जाने सम्भावना छ । पेलोसी चार एसियाली देशको भ्रमण गरिरहेकी छन्, यसै क्रममा उनी सिंगापुर पुगेकी छिन् ।
चीनले बारम्बार बाइडेन प्रशासनलाई पेलोसीको ताइवान भ्रमणले दुई देशबीचको सम्बन्ध बिग्रने चेतावनी दिएको छ । तर, अहिले भारतस्थित चिनियाँ दूतावासले अमेरिकाविरुद्ध भड्काउपूर्ण भाषण दिएको छ ।
भारतस्थित चिनियाँ दूतावासले अमेरिकालाई दियो धम्की
चिनियाँ दूतावासका प्रवक्ता वाङ सियाओजियानले न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर अमेरिकालाई धम्की दिएका छन् । उनले पेलोसीको भ्रमणलाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप भनेका छन् ।
उनले मङ्गलबार अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणले चीनको आन्तरिक मामिलामा घोर हस्तक्षेप हुने बताए। उनको भ्रमणले ताइवान जल डमरूमा शान्ति र स्थिरतालाई ठूलो खतरामा पारेको छ। यसले चीन अमेरिका सम्बन्धलाई गम्भीर रूपमा कमजोर पार्नेछ र गम्भीर परिणामहरू निम्त्याउनेछ।
भारतस्थित चिनियाँ दूतावासले अमेरिकालाई ‘आगोसँग खेल्नेहरू आगोले जल्ने चेतावनी दिएको छ । यदि अमेरिकी पक्षले यात्रामा जोड दियो र चीनको रातो रेखालाई चुनौती दिएमा यसको सबै परिणाम अमेरिकाले भोग्नुपर्नेछ।
जिनपिङ–बाइडेनबीच फोन कलमा के कुरा भयो र ?
गत हप्ता अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच भएको फोन कलमा सी जिनपिङले बाइडेनलाई चीनले राष्ट्रिय सार्वभौमसत्ताको रक्षा गर्ने बताए। जिनपिङले आगोसँग खेल्नेहरू यसबाट नष्ट हुने बताएका छन् ।
यसैबीच, बाइडेनले चिनियाँ राष्ट्रपतिलाई ताइवानमा अमेरिकी नीति परिवर्तन नभएको र वाशिंगटनले यथास्थितिमा एकपक्षीय परिवर्तनको विरोध गर्ने बताए।































प्रतिक्रिया